रोल्पा – रोल्पामा शुक्रबार प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुईजनासहित कांग्रेस क्षेत्रीय सभापतिलाई पक्राउ गरेको छ ।
उनीहरुलाई निषेधित क्षेत्र तोडी विरोध प्रदर्शन गरेकोले पक्राउ गरेको बुझिएको छ ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउको विरोध गर्दै माडी गाउँपालिका–२ घर्तीगाउँमा कोण सभाको तयारीमा रहेका नेकपाका जिल्ला सचिवालय सदस्य दिनेश वली र नेकपा निकट मजदुर संगठनका जिल्ला अध्यक्ष सूर्य खड्का पक्राउ परेका हुन ।
यस्तै विरोध कार्यक्रममा सहकार्य गरेको भन्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
विरोध प्रदर्शनस्थल बाहिर कोणसभा गर्न खोजेकाले नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
उता नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुवेदीले स्वतन्त्र रुपमा विरोध गर्न खोज्दा पनि प्रहरीले हस्तक्षप गरेको बताउनुभयो ।
साथै पक्राउ परेकाहरुलाई तत्काल निःशर्त रिहाई नगरे सशक्त प्रतिरोधमा उत्रने उहाँको भनाई छ ।
शान्तिपूर्णरुपमा विरोधका कार्यक्रम गर्दा माइकसमेत प्रहरीले नियन्त्रणमा ल्याएको उनीहरुको भनाई छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।