दाङका नयाँ एसपि पोख्रेलले भने कानुन बिपरित कसैसंग सम्झौता नगर्ने प्रतिबद्धता



सागर थापा।
दाङको प्रहरी प्रमुखको एक बर्षे कार्यकाल पछि सरुवा भएर प्रहरी उपरिक्षक दुर्गा सिंह गएपछि नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आउन लाग्नु भएका एसपि कृष्णहरी शर्मा पोख्रेलले दाङको शान्ति सुरक्षा कायम गर्ने आफ्नो दायित्व रहेको भन्दै कानुन बिपरित कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाएका छन् ।

 

एबिसी संचार ड्टकमसंग फोनमा कुरा गर्दै पोख्रेलले कानुनमा रहेर काम गर्ने बताए । उनले आफुले हल्ला गरेर काम नगर्ने भन्दै दाङका सुरक्षासंग सरोकारवाला राख्ने सबैसंग सल्लाह गरेर काम गर्नेसमेत बताए । ‘मैले यस्तो गर्छु, उस्तो गर्छु भन्दैन, कानुन अनुसार काम गर्छु–उनले भने–कानुन बिपरित कुनै सम्झौता हुँदैन’ ।

 

गुन्डागर्दि, जुवातास नियन्त्रण लगायतका प्रहरीका नियमित काम जारी नै रहन्छन्, अघिल्ला प्रहरी प्रमुखले गरेका राम्रा कामहरुलाई आत्मसात गर्दै जाने हो ।’ पोख्रेलले आफु सोमवार आएर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने पनि जानकारी दिए ।
एक बर्ष पहिले दाङ जिल्ला प्रहरी प्रमुखका रुपमा आएकी प्रहरी उपरिक्षक सिंहको काठमाडौमा सरुवा भएको छ । एसपी सिंहको सरुवा भएपछि पोख्रेल दाङको प्रहरी प्रमुखको जिम्मेवारीमा सोमबार आउदै छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्