मौसमविद भन्छन्– पश्चिममा ‘अति भारी वर्षा’को सम्भावना



२६ साउन, काठमाडौं । मौसमविदले शनिबार राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको बताएका छन् ।

पश्चिम नेपाल भन्नाले पोखरादेखि सु्दूरपश्चिमसम्मको क्षेत्रलाई लिने गरिन्छ ।

मौसमविद विभूति पोखरेलले शनिबार राति पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको बताइन् ।

वर्षा र बदलीको सम्भावना भने सोमबारसम्म देशभर नै रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

बुलेटिनअनुसार शनिबार दिउँसो पश्चिमका एक वा दुई स्थानमा र राति पश्चिमका केही स्थानहरुमा तथा पूर्व र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । शनिबार राति भने पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ ।

आइतबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ । आइतबार दिउँसो र राति पश्चिमका केही स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहानको समयमा पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भाबना रहेको तथा दिउँसो र राति देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद पोखरेलले जानकारी दिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्