अहिले हामी समृद्धि र विकासको यात्रामा अगाडि बढ्दै छौ -प्रचण्ड



चितवन। नेपाल कम्युनिष्ट पार्टी ९ने क पा०का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनका लागि भएको बताएका छन्।

शनिवार बिहान चितवनमा आयोजित संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्षले प्रचण्डले भने, ‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो ।

’ उनले कर र मूल्यबृद्धि सम्बन्धी जनताको चिन्ता आफूहरुले पनि महशुस गरेको र त्यसलाई सम्बोधन गर्न उपायहरुको खोजी भइरहेको जानकारी दिए। यसप्रति पार्टी र सरकार गम्भीर रहेको पनि उनको भनाई थियो। उनले आफ्ना कामहरुलाई सरकारले बेलाबेलामा समिक्षा गर्दै र जनअनुमोदनलाई सम्बोधन गर्दै गएको स्पष्ट पारे। उनले एक अर्को प्रसंगमा भने, ‘वामपन्थी सरकारको सबैसँग सम्वाद, सहकार्य र सहमति गर्ने उद्देश्य हो ।

सरकारले सुशासन र विकासलाई मुख्य नारा बनाएको छ । यो अवस्थामा अरु कुनै वितण्डता तिर लैजानु भन्दा सबै पक्ष खुलस्त ढंगले सम्वाद, वार्ता र सहमति गर्ने तिर आउनु पर्यो । वितण्डता मच्चाएर केही हुन्छ भन्ने सोच्नु साहै्र ठूलो अज्ञानता बाहेक केही पनि हुन्न ।’

चीन तथा भारतको भ्रमणका बारेमा प्रष्ट पार्दै अध्यक्षले भने, ‘अहिले हामी समृद्धि र विकासको यात्रामा अगाडि बढ्दै गएको परिस्थिति हो । भारत र चीन जाँदा विकास निर्माणका कामलाई गति दिने उद्देश्यले दुबै छिमेकीसँग अझ राम्रो वातावरण बनाउने र सहयोग जुटाउनेमा मेरो भ्रमण केन्द्रीत हुन्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्