चलचित्र म यस्तो गीत गाउँछुले बहुबाली २ कै रेकर्ड तोड्यो



सैघाली अनलाईन खबर
असार ३० ,दाङ ।
नेपाली कथानक चलचित्र ‘ म यस्तो गीत गाउँछु ’ ले प्रदर्शनको पहिलो दिन शुक्रबार दर्शकको उत्साहप्रद साथ पाएको छ । पछिल्लो समय नेपाली बजार लाई समेत तताई रहेको हिन्दी कथानक चलचित्र बहुबली २ लाई पछि पार्दै शुक्रवार देखी प्रर्दशनमा आएको नेपाली चलचित्र ‘म यस्तो गित गाँउछु ।’ ले बहुबली २ लाई पछि पार्न सुरु गरेको छ । नेपालका चित्रालयमा छाईरहेको हिन्दी चलचित्र लाई ‘म यस्तो गित गाँउछु’ले ओरालो लगाउदै नेपाली दर्शकहरुको उत्साह जनक साथ पाउन सुरु गरेको छ । 

राजधानी र मोफसलमा फिल्मले हाउसफूलको व्यापार गरेको वितरक गोपाल कायस्थले बताएका छन् । दर्शकको चाप बढेपछि राजधानीका गोपिकृष्ण र अष्टनारायण हलमा हल संख्या थपिएको कायस्थले बताए ।
चावाहिलको गोपिकृष्ण हलमा हिन्दी फिल्म जग्गा जासुसलाई हटाएर क वर्गको गोपी हलमा म यस्तो गीत गाउँछु लाई लगाइएको छ । नयाँ वर्ष र चाड पर्व बिना पनि म यस्तो गीत गाउँछुले बम्परको व्यापार गरेको छ । निकै समय पछि कुनै पनि नेपाली फिल्मले शुक्रबार यस्तो व्यापार गरेको हो, वितरक कायस्थले भने । उसो त नेपाली नयाँ वर्षपछि नेपाली फिल्म हलमा दर्शकको खडेरी लागेको थियो । लामो समयपछि नेपाली फिल्ममा दर्शक आएका छन्, राजधानीका हलवाला भन्छन्, हलमा बल्ल बहार आएको छ । यो रमाइलो भिडियो हेर्नुस् ः
यता पहिलो दिनमै हलमा दर्शकको चाप उच्च भएपछि निर्देशक तथा निर्माता सुदर्शन थापा दंग छन् । दर्शक आउनु भएकोमा खुसी त छु नै । हलसम्म आएर पनि फिल्म मन पराइदिनु भयो यसको लागि उहाँहरुप्रति कृतज्ञ छु । फिल्म मुख्य दुई पात्र पल शाह र पूजा शर्माले सम्पूर्ण दर्शकलाई धन्यवाद दिए । संजय लामोको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । म यस्तो गीत गाउँछु देशका करिब ५५ हलहरुमा लागिरहेको छ ।

                                                                                                                                            साभार साँझापेज अनलाईन खवर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्