डुबेर वृद्धको मृत्यु



लहान, २६ साउन. सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।

बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी) मा नुहाउने क्रममा करीब ५५ वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी दिनुभयो ।

सदाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्