यु-१५ महिला फुटबलमा पाकिस्तानसँग भिड्दै नेपाल



काठमाडौै : साफ य’-१५ महिला फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज पाकिस्तानसँग प्रतिष्पर्धा गर्दै छ। साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाली किशोरीहरूको टिम पहिलो खेलमानै जित निकाल्न ध्याउनमा हुनेछ। नेपालले थिम्पुस्थित चालिमिथाङ मैदानमा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र पाकिस्तानसँग नेपाली समयअनुसार अपराह्न खेल्नेछ। नेपालभन्दा कमजोर मानिएको पाकिस्तानलाई केही सहज मानिएको छ। तर, पहिलो खेलमा बंगलादेशसँग १४–० ले हारेको पाकिस्तानविरुद्ध मैदान उत्रँदा नेपाली टोली उच्च मनोबलमा हुनेछ। यस्तै, नेपालले समूह चरणको दोस्रो खेलमा नेपालले अगष्ट १३ मा बङ्गलादेशसँग प्रतिष्पर्धा गर्नेछ। समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्