सबै क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री



काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्योग, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताएका छन्। उद्योग वाणिज्य महासंघको प्रतिनिधि टोलीसंगको भेटमा प्रधानमन्त्रीले औद्योगिक क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योग, शिक्षा, स्वास्थ्य , उर्जा, कृषि लगायत क्षेत्रको सुधार गर्दे समग्र रुपमा मुलुकको आर्थिक अवस्था उकास्नमा सरकार लागिरहेको बताएका हुन्।

स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शिर्षकमा लगाएको करका कारण व्यवसायीहरुमा सर्वत्र त्रास फैलिएको भन्दै महासंघको टोलीले सरकारको ध्यानाकर्षण गराएको छ। महासंघकी अध्यक्ष भवानी राणाले अनावश्यक करको बोझको अन्त्य, पुराना औद्योगिक नीति परिवर्तन लगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या र चुनौति सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको बताइन्।

भेटमा प्रधानमन्त्रीले उद्योग क्षेत्रको सुधार र विस्तारका लागि बुँदागत सुझाव दिन भनेको पनि उनले जानकारी दिइन्। पछिल्लो समय तीनै तहका सरकारले विभिन्न शिर्षकमा लगाएको करले आफुहरुलाई आतंकित बनाएको भन्दै व्यवसायीले त्यसको विरोध गर्दै आएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्