प्रधानमन्त्री र डा। केसीबीच भेट, ओलीले राखे यस्तो प्रस्ताब



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षण अस्पतालका डा। गोविन्द केसीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीले केसीलाई शनिबार भेटेका हुन्।

भेटमा केसीले आफूसँग भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक आउनुपर्ने बताएका छन्। सहमति तोडमोड भएमा आफू १६ औं अनसन बस्ने बताए। ओली र केसीका बीचमा बालुवाटारमा भेट भएको हो।

ओलीलाई भेट्न केसी बालुवाटार पुगेका हुन्। ओलीले सहमति अनुसार संसदमा संशोधन प्रस्ताव दर्ता भएकोले त्यसलाई पारित गर्ने आश्वासन दिएका छन्।

साथै ओलीले डा। केसी समेत संलग्न भएको समिति बनाएर अन्य समस्या समाधान गर्ने बताएका छन्। तर केसीले त्यसमा आफू बस्न आवश्यक नभएको र आफ्ना प्रतिनिधि राख्दा हुने जवाफ दिएको डा। केसी स्रोतले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्