विश्वकै सर्वाधिक महँगा २० कलाकार



हामीलार्इ मन पर्ने कुनै पनि कलाकारले अभिनय गरेको कुनै पनि फिल्म हेर्न छुटाउँदैनौँ, चाहे सानै रोल किन नहोस्। तर, हामी सबैलाई थाहा नहुन सक्छ तिनीहरूले कति पारिश्रमिक लिन्छन् होला र विश्वमा सर्वाधिक पारिश्रमिक लिने कलाकार को हुन् भनेर।

न्युज रिपब्लिकले फोर्बलाई आधार मानेर विश्वकै महँगा कलाकारको सूची तयार पारेको छ। तर, तपाईं यो सूची हेरेर डाह भने पटक्कै नगर्नुहोला।

२० जेर्मी रेनर

एकाडेमिक अवार्ड विजेता कलाकार जेर्मी रेनरलार्इ ‘एभेन्सर’ सिरिजका फिल्ममा गरेको उत्कृट अभिनयबाट विश्वभर तारिफ कमाइरहेका छन्।

त्यस्तै उनले अभिनय गरेको ‘हार्ट लकर’ले उनलार्इ उचाइमा पुर्‍याएको थियो। उनलार्इ सन् २०१७ मा रिलिज भएका ‘द टाउन’ र ‘अमेरिकन हस्टेल’ले १९ मिलियन अमेरिकन डलर दिलाएको थियो।

उनको यो आम्दानीमा ‘वाइन्डर’ र ‘द हाउस’को कमाइ पनि जोडिएको छ। १९ म्याट डामोन ओस्कार विजेता कलाकार मेट डमोनलार्इ सन् १९८८ मा निर्मित म्यास्टिक रिभरले सफलताको उचाइमा पुर्‍याएको हो। ‘गुड वइल हन्टिङ’, ‘ब्राउन सिरिज’ र ‘द डिपार्टेट’ उनका धेरै रुचाइनेमध्येका फिल्म हुन्।

‘डाउन्जिङ’, ‘सबर्विकन’, ‘थोर राग्नरोक’लगायतका फिल्ममा अभिनय गरेर सन् २०१७ मा २१ मिलियन अमेरिकी डलर कमाइ गरेका थिए। १८ रयान रेनोल्ड्स कमेडिन कलाकार रयान रेनोल्ड्स पछिल्लो समय ‘डेडपुल सिरिज’का फिलिममा गरेको अभियनबाट चर्चितको चुलीमा छन्। कमेडियन फिल्म ‘जस्ट फ्रेन्ड’ र ‘वइटिङ’बाट उनले आफ्नो छुट्टै पहिचान बनाएका थिए।

सन् २०१७ मा उनले ‘लाइफ’ र ‘हिटम्यान्स् बोर्डिगार्ड’बाट आफ्नो अभिनयलार्इ अझै फराकिलो बनाएका छन्। उनले यी फिल्मबाट २१.५ मिलियन अमेरिकी डलर पारिश्रमिक लिएका छन्। १७ जेनिफर लरेन्स चारपटकसम्म एकाडेमिक अवार्ड नोमिनेटेड नायिका जेनिफर लरेन्सले सन् २०१३ मा बनेको ‘सिल्भर लिनिङस्’बाट ओस्कार पनि हात पारेकी छन्।

उनी सर्वाधिक फ्यान फलोङ भएको नायिका पनि हुन्। ‘हन्गर जेम’ सिरिजका फिल्मले उनको अभिनयलार्इ उचाइमा पुर्‍याएको हो। सन् २४ मिलियन अमेरिकी डलर पारिश्रमिक लिएकी जेनिफरले ‘मदर’बाट अभिनय सुरु गरेकी हुन्। १६ जेनिफर एनिस्टोन ‘फ्रेन्डस् भेट्रन’ले जनिफर एनिस्टोनलाई ड्रामेटिक कमेडिन नायिकाको परिचय दियो, जुन सन् १९९९ मा प्रदर्शन भएको थियो।

त्यसपछि ‘एनबिसी’ सिरिजका चलचित्रका साथै ‘ब्रुस अल्माइटी’, ‘अलङ केम पोली’, ‘म्यार्ली एन्ड मी’ र ‘होरिबल बोसेस्’मा उनले गरेको अभिनयलार्इ दर्शकले खुबै रुचाए। सन् २०१७ मा उनले ‘द एल्लफ बर्ड’मा अभिनय गरिन् जसबाट उनले २५.५ अमेरिकन डलर पारिश्रमिक लिइन्। १५ इम्मा स्टोन दुईपटकसम्म एकाडेमिक अवार्ड नोमिनेटेड नायिका इम्मा स्टोन जसले सन् २०१७ मा ‘ला ला ल्यान्ड’बाट ओस्कारसमेत हात पारिन्।

उनलाई टिन कमेडीका साथै विस्तारै ड्रामा अभिनयतर्फ उक्लिदै गरेकी कलाकारका रूपमा हलिउडमा चिनिने गरिएको छ। ‘सुप्परब्याड’, ‘इजी ए ब्राइडम्यान’ र ‘हेल्फ’मा उनले निभाएको मुख्य भूमिकालाई दर्शकले खुबै रुचाए। सन् २०१७ मा उनले ‘ब्याटल अफ द सेक्स’मा अभिनय गरिन् जसबाट उनले २६ मिलियन अमेरिकी डलर पारिश्रमिक लिइन्। १४ रयान गोस्लिङ दुईपटक एकाडेमी अवार्ड नोमिनेट कलाकार रयान गोस्लिङलार्इ सन् २००४ मा प्रदर्शन भएको फिल्म ‘नोटबुक’ले चर्चाको शिखरमा पुर्‍याएको हो। त्यसपछि उनले कहिल्यै पछाडि पर्केर हेर्नुपरेन।

‘क्रेजी’, ‘स्टुपिड’, ‘लभ द बिग सर्ट’ र ‘ला ला ल्यान्ड’ उनका सफल फिल्म हुन्। उनले ‘संग टु संग’ र ‘ब्लेड रनर २०४९’बाट २९ मिलियन अमेरिक डलर पारिश्रमिक लिएका छन्। १३ सामुल एल. ज्याक्सन एकाडेमी अवार्ड नोमिनेटेड अभिनेता सामुल एल. ज्याक्सनलार्इ आइएमडिबी पेजले १८० एक्टिङ क्रेडिट दिएको छ।

‘पल्प फिक्सन’, ‘ज्याक्की ब्राउन’ र ‘अनब्रेकएबल’मा उनले गरेको अभिनयलार्इ हेरेर आइएमडिबीले सो क्रेडिट दिएको हो। उनले ‘एभन्जर’ सिरिजका फिल्ममा पनि तारिफयोग्य अभिनय गरेका छन्।

सन् २०१७ मा उनले ‘एक्सएक्सएक्सः  रिटर्नस अफ जेन्डर केज’, ‘कङ्गः स्कुल आइल्यान्ड’, ‘द हिटम्यानस् बोर्डिगार्ड’ र ‘अनक्रोन स्टोर’मा अभिनय गरेका छन्, जसबाट ३०.५ मिलियन अमेरिकी डलर पारिश्रमिक लिएका छन्।

१२ टम ह्यांक्स पाँचपटकसम्म एकाडेमी अवार्ड नोमिनेट टम ह्यांक्सले ‘फरेस्ट गोम’ र ‘फिलाडेल्फिया’बाट दुईपटक ओस्कार हात पारेका छन्। ‘हंक्स्’मा उनले नोटेबल अभिनय गरेका छन् भने ‘क्याप्टेन फिलिप्स’, ‘कास्ट अवए’, ‘सेभिङ प्राइभेट रयान’ र ‘ग्रीन मिल’ पनि दर्शकले खुबै रुचाएका फिल्म हुन्।

सन् २०१७ मा उनले ‘द सर्कल’ र ‘द पोस्ट’मा अभिनय गरे जसबाट ३१ मिलियन अमेरिक डलर पारिश्रमिक लिए। ११ क्रिस हेम्सवर्थ एभेन्जर सिरिजबाट हाइलाइट भएका क्रिस हेम्सवर्थलाई ‘रस’, ‘द क्याविन इन द वड्स’ र ‘स्नो ह्वाइट एन्ड द हन्टस्म्यान’मा गरेको अभिनयले उचाइमा पुर्‍याएको हो। उनले सन् २०१७ मा ‘थोर रगनार्क’मा अभिनय गरे जसबाट ३१.५ मिलियन अमेरिकी डलर पारिश्रमिक लिए। १० अक्षय कुमार शिखर चढ्दै गरेका बलिउड कलाकार अक्षय कुमारले ‘हेराफेरि’, ‘बेबी’, ‘सिंह इज किङ’जस्ता फिल्ममा अभिनय गरेका छन्। सन् २०१७ मा उनले ‘जोली एलएलबी-२’, ‘नाम शबाना’ र ‘ट्वाइलेट एक प्रेम कथा’जस्ता चर्चित फिल्ममा काम गरे जसबाट उनले ३५.५ मिलियन अमेरिकी डलर पारिश्रमिक लिए। ९ सलमान खान बलिउडका अर्का चर्चित कलाकार हुन् सलमान खान जसलार्इ लेखक सलिम खानको छोराका रूपमा पनि चिनिन्छ।

उनका चर्चित फिल्म हुन् ‘बैरंगी भाइजान’, ‘सुल्तान’, ‘प्रेम रत्न धन पायो’लगायत। सन् २०१७ मा उनले ‘टाइगर जिन्दा हे’, ‘जुडुवा-२’, ‘ट्युवलाइट’ र ‘हनुमान दा जम्दार’का साथै चर्चित टेलिभिजन सिरिज ‘टाराक मेहताका उल्टा चस्मा’मा अभिनय गरे, जसबाट उनले ३७ मिलियन अमेरिकी डलर पारिश्रमिक लिएका छन्।

८ शाहरुख खान ‘किङ अफ बलिउड’का नामले परिचित शाहरुख खान भारतीय चलचित्र उद्योगका निकै प्रख्यात कलाकार हुन्। उनको सन् १९८८ देखिको अभिनयलाई मध्यनजर गर्दै आइएमडिबीले १०२ एक्टिङ क्रेडिट दिएको छ। उनले अभिनय गरेका ‘देवदास’, ‘डन-२’, ‘चेन्नाइ एक्सप्रेस’लगायतका फिल्म राम्रो सफलता प्राप्त गरेका थिए। सन् २०१७ मा उनले ‘रइस’, ‘जव ह्यारी मिट सिजल’ र ‘ट्युवलाइट’मा छोटो अभिनय गरेका थिए जसबाट उनले ३८ मिलियन अमेरिकी डलर पारिश्रमिक लिएका छन्।

७ टम क्रुज तीनपटक एकाडेमी अवार्डले नोमिनेटेड अभिनेत टम क्रुज ८० को दशकदेखि नै हलिउडमा आकर्षक अभिनेताका रूपमा चिनिदै आएका छन्। उनलाई ‘रिस्कि बिज्नेस (१९८३) र ‘टप गन’ (१९८६)ले उक्त परिचय दिलाएको हो।

त्यसपछि उनीले हलिउडका लागि नोटेबल फिल्महरू दिँदै आएका छन्, जसमध्ये ‘मिसन इम्पोसिबल’ सिरिज ‘द लास्ट सामुराइ’ र ‘जेरी मग्युर’ छन्। सन् २०१७ मा उनले ‘मम्मी’ र ‘अमेरिकन मेड’मा अभिनय गरे जसबाट ४३ मिलियन अमेरिकन डलर पारिश्रमिक लिएका छन्।

६ रोबर्ट डौनी जुनियर ‘एभेन्जर’ सिरिजका अर्का चर्चित अभिनेता हुन रोबर्ट डौनी जनियर। उनलाई ‘आइरन म्यान’का रूपमा पनि चिनिन्छ। ‘सुपरम्यान’का रूपमा चिनिएका उनले दुई पटकसम्म एकाडेमी अवार्ड नोमिनेटेड भएका छन्। उनले ‘आइरनम्यान’बाहेक ‘च्याप्लिन’, ‘ट्रोपिक थन्डर’ र ‘शेरलक होल्मेस’ सिरिजमा काम गरेका छन्।

उनले सन् २०१७ मा ‘स्पाइडर-म्यान: होम कमिङमा अभिनय गरे जसबाट ४८ मिलियन अमेरिकी डलर पारिश्रमिक लिए। ५ ज्याक्की च्याङ मार्सल आर्टका पोख्त ज्याक्की ज्याङले पनि अभिनय क्षेत्रमा धमाल मच्चाउँदै आएका छन्।

उनले अभिनयका गरेका ‘रस हावर’ सिरिज, ‘म्याडेलिन’,  ‘ट्याक्सिडो’लगायका फिल्महरू दर्शकमाझ खुबै चर्चितमा रहे। उनले सन् २०१७ मा ‘कङ फू योगा’, ‘द नट जब २’, ‘नट्टी बाई नेचर’ ‘द लेगो निन्जागो मुभी’, ‘द फरेजनर’, ‘ब्लिडिङ स्टील’ र ‘नामिया’मा अभिनय गरेका छन् जसबाट ४९ मिलियन पारिश्रमिक लिएका छन्।

४ एडम स्याण्लर फ्यानद्वारा खुबै रुचाइएका अभिनेता एडम स्याण्लर ९० को दशकमा ‘क्लट कमेडी’ अभिनयबाट चर्चामा आएका थिए। उनले आफूलाई ड्रामा आर्टिसको रूपमा पनि प्रमाणित गरेका छन्। ‘

द वाटर ब्वाय’, ‘द वडिङ सिंगर’, ‘बिग ड्याडी’, ‘लिटिल निक्की’लगायतका उनले अभिनय गरेका कमेडी फिल्म हुन भने ‘डार्क लभ’ (२००२) र ‘रिजन वभर मी’ (२००७) ड्रामेटिक फिल्म हुन्। सन् २०१७ मा उनले ‘स्यान्डी एलेक्स’, ‘द म्यारोवाइट्ज स्टोरिज’ र ‘रियल रब’ टिभी सिरियलमा काम गरे जसबाट उनले ५०.५ मिलियन पारिश्रमिक लिए।

३ भेन डिजेल भेन डिजेल र द्वन्द्व एकअर्काका प्राय जस्त हुन् भन्दा पनि फरक नपर्ला किनकि उनले ‘फास्ट एन्ड फ्युरिस’ सिरिज, ‘एक्सएक्सएक्स’ र ‘रिडिक’जस्ता द्वन्द्व प्रदान फिल्ममा अभिनय गरेका छन्।

सन् २०१७ मा डिजेलले ‘एक्सएक्सएक्सः रिटर्न अफ जेन्डर केज’, ‘द फ्याथ अफ द फ्युरियस’, ‘गार्डियन अफ द ग्यालेक्सी भोलुम-२’ मा काम गरेर ६५ मिलियन अमेरिकी डलर पारिश्रमिक लिए। २ ड्वेन जोनसन (द रक्स) सेमि-रिटायर प्रोफेस्नल रेस्लर ड्वेन जोनसन अर्थात् ‘द रक’ बलक्बास्टर मुभि एक्टरका रूपमा पनि परिचित छन्।

उनले अभिनय गरेका चलचित्रहरू ‘फास्ट एन्ड फ्युरियस’ सिरिजज, ‘जर्नी २’, ‘द माइस्टेरियस आइस्ल्यान्ड’ र ‘जिआइ जोई रिटलिएसन’ले दम्दार कमाइ गरे। सन् २०१७ मा उनले ‘फ्याथ अफ द फ्यूरियस’, ‘बेवाच’ र ‘जुमानजी: वलकम टु द जंगल’मा काम गरेर ६५ मिलियन अमेरिकी डलर पारिश्रमिक बुझे।

१ मार्क वालह्लबर्ग दुई पटक एकाडेमी अवार्डबाट नोमिनेट अभिनेता मार्क वालह्लबर्ग सर्वाधिक महंगा कलाकारहरूमध्ये पहिलो नम्बरमा पर्न सफल भएका छन्। किशोरावस्थामा पप स्टारका रूपमा परिचित वालह्लबर्गले ‘बुगी नाइट’, ‘द डिपार्टड’ र ‘द वदर गाइज’मा गरेका अभिनयले चर्चाको शिखरमा पुर्‍याएको हो। उनले आफूलार्इ ड्रामा र कमेडी दुवै क्षेत्रमा प्रमाणित गरेका छन्।

सन् २०१७ मा ‘ट्रान्सफर्मर: द लास्ट नाइट’, ‘ड्याडिज होम-२’ र द’ मनि इन द वर्ल्ड’मा अभिनय गरेर ६८ मिलियन अमेरिकी डलर पारिश्रमिक बुझ्दै सर्वाधिक धेरै पारिश्रमिक लिने कलाकारको रूपमा आफ्नो नाम सुरक्षित गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्