‘स्वच्छ नेपाल हरियो नेपाल’ बनाउन वृक्षरोपण



काठमाडौँ, २६ साउन । ‘स्वच्छ नेपाल हरियो’ नेपाल ‘३ नं प्रदेश हरित प्रदेश’ भन्ने प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा सुन्दरीजल–आलापोट सडकको दायाँबायाँ ३०० बिरुवा रोपिएको छ ।

वृहत् खानेपानी उपभोक्ता समिति आलापोटको आयोजनामा भएको कार्यक्रमा ३ नं प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, नगरपालिका–२ का अध्यक्ष सुदर्शन धिमाल, वडा नं १ का अध्यक्ष मुकुन्द गजुरेललगायत सयौँ सहभागीले पाँच फिट अग्ला बिरुवा रोप्नुभएको हो ।

वृक्षरोपण कार्यक्रममा नेपाली सेनाको पनि सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेशसभा सदस्य फुयाँलले प्रत्येक वर्ष एक व्यक्तिले दुई÷दुई वटा बिरुवा र फूल रोप्नुपर्ने बताउनुभयो । नगर प्रमुख थापाले प्रदेश नं ३ को वृक्षरोपण कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

समितिले जेठको अन्तिम शनिबारदेखि बिरुवा रोप्ने र खानेपानीका मुहान सफाइ अभियान शुरु गरेको अध्यक्ष शिवराम बस्नेतले जानकारी गराउनुभयो । –रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्