घोराही २६ साउन,
राप्ती अञ्चल वजार प्रतिनिधि एशोसियशनको स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । रक्तदान कार्यक्रम एसोशियसनका अध्यक्ष दिनानाथ शर्माको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीको प्रमुख आतिथ्यतामा भएको होे । त्यस अवसरमा वोल्ने बक्क्ताहरुले रक्त दान जिवन दान भएको भन्दै यस प्रकारको पुण्य कार्यका सवैको सहभागिता रहनु पर्ने बताएका थिए ।
उनीहरुले रगत अभावको कारण कुनै पनि नागरिकको मृत्यु हुन नदिन निरन्तर रुपमा रक्तदान गरीनु पर्ने बताएका थिए । रक्तदान कार्यक्रममा एशोसियसनका सल्लाहाकार सुदीप भण्डारी, नेपाल रेडक्रस सोसाइटी वल्ड बैक घोराहीका ठाकुर पौडेल लगाएतकाले वोल्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण यशोसियसनका सचिव केशव विसीले गर्नुभएको थियो । त्यस अवसरमा विभिन्न क्षेत्रका २४ जना व्यक्तिले रक्तदान गरेको बल्ड वंैकका ठाकुर पौडेलले जानकारी दिनुभएको छ ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।