घोराही, २६ साउन
दाङको घोराही क्षेत्रमा पाउरोटी तथा वेकरी उद्योगिहरुको भेलाले पाउरोटी तथा वेकरी समिति गठन गरेको छ । समितिको अध्यक्षमा अशोक श्रेष्ठ, उपाध्यक्षमा ऐश्वर्य सिंह, सचिवमा शरदकुमार थापा, कोषाध्यक्ष नरेश श्रेष्ठ रहनुभएको छ ।
समितिका सदस्यमा धर्मेन्द्र वानिया, सनत शर्मा, इन्द्रा वुढाथोकी, तुलसा शाक्य, शान्ति वुढाथोकी रहनुभएको छ । भेलाले पाउरोटी तथा खस्तामा उपभोग्य मिती राख्ने निर्णय गरेको छ । पाउरोटीमा ३ दिन, खस्तामा १५ दिन र टोस्टको १ महिना म्याद राख्ने निर्णय गरेको छ ।
त्यसैगरी भेलाले दर्ता नगरी व्यवसाय सञ्चालन गरिएका पाउरोटी उद्योगहरु लाई दर्ता गर्नका लागि १० दिन समय दिने निर्णय गरेको छ । यसरी दिएको समय अवधीमा दर्ता गर्ने उद्योगिहरुलाइ कारवाही गर्नेका लागि सहयोग गर्ने निर्णय समेत भेलाले गरेको छ ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।