सुसासन र अार्थिक बृृृद्दि सरकारकाे प्रथामिकता ः महरा



दाङ ३१ असार 

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सुसासन र अार्थिक वृद्धि सरकारकाे पहिलाे प्राथमिकता भएकाे वताउनुभएकाे छ ।

शनिवार घाेराहिमा इन्द्रेणी अनलाइन डट कमकाे दाश्राे वार्षिकोत्सब एवं प्रेस सेन्टर दाङले गरेकाे पत्रकार सम्मेलनमा उहाँले साे कुरा बताउनुभएकाे हाे ।

यसैगरी साे अवसरमा वाेल्दै उहाँले तीन तहकाे निर्वाचन सम्पन्न गर्ने, भूकम्प पीडित क्षेत्रमा राहत तथा पुनर्निर्माण सरकारकाे प्राथमिकता भएकाे बताउनु भयाे ।

प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव पाण्डव शर्माले गर्नुभएकाे थियाे भने स्वागत इन्द्रेणी अनलाइनका सम्पादक केशरमान विसीले गर्नुभएकाे थियाे ।

यसैगरी उपप्रधानमन्त्री महराले अाजै राप्ती उपक्षेत्रीय अस्पताल घाेराहीकाे भवन शिलान्यास गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्