वडा सदस्य रोजगारीका लागि कुबेत



प्युठान, २६ साउन
प्यूठानका एक जना जनप्रतिनिधि बैदेशिक रोजगारीका लागि कुबेत जानुभएको छ । स्वर्गद्वारी नगरपालिका १ का वडा सदस्य कोचिवाङका नारायण पुनमगर काम खोज्दै कुवेत जानुभएको हो ।
स्थानीय तहको चुनावमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित पुन चुनाव सकिएको वर्ष दिन नपुग्दै विदेश जानुभएको हो ।घरको आर्थिक स्थिती कमजोर भएपछि उहाँ दुई महिना अघि नै कुवेत गएको परिवारले बताएका छन् ।

गाउँमै रोजगारी र स्वरोजगारी सिर्जना गर्ने नारासहित चुनाव जितेका प्रतिनिधि आफैं काम खोज्दै विदेशिएपछि वडाका युवाहरु निराश भएका छन् ।गाउँमै केही गर्न सकिन्छ भन्ने आशमा रहेका उहाँका दौतरी र स्थानीयबासिन्दले जनप्रतिनिधि नै विदेश गएकाले गाउँमै धन कमाउने मेसो नभएको प्रतिक्रिया दिने गरेका छन् ।

वडा सदस्य पदबाट राजीनामा नदिएरै विदेश गएका पुनको तलब परिवारले बुझेका छन् । निर्वाचित पुन मगरका परिवारले निर्वाचनपछि ८ महिनाको ७ हजारका दरले ५६ हजार रुपैयाँ तलब बुझेका हुन् । ८ महिना उहाँले वडा सदस्य भएर काम गर्नुभएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्