शवदाहस्थलमा वृक्षारोपन



लिलाधर वली,
दाङ,२६ साउन । लायन्स क्वल अफ घोराही टिसीले घोराही उपमहानगरपालिका–१४ कटुवा खोलामा रहेको शवदाहस्थलमा वृक्षारोपन गरेको छ । क्लवले लायन्स डेका अवसरमा शावदाहस्थलमा विभिन्न जातका विरुवाहरु रोपेको हो ।

लायन्स क्वल अफ घोराही टिसीका अध्यक्ष रेशम केसीको अध्यक्षता तथा शवदाह व्यवस्थापन समितिका अध्यक्ष गोमा महराको अध्यक्षतामा भएको कार्यक्रममा श्रीखण्ड, रुद्राक्ष र कपुरका विरुवाहरु रोपिएको लायन्स क्लव अफ घोराही सिटीका पूर्वअध्यक्ष सुशिलप्रकाश आचार्यले जानकारी दिए ।

क्वलका तृतीय उपाध्यक्ष भरतराज देवकोटाको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ घोराही सिटीका सचिव बिमल श्रेष्ठले गरेका थिए । लायन्स क्वलले विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्