राप्तीमा घट्यो सवारी दर्ता



दिपक बोहरा,
तुलसीपुर, २६ साउन ।

राप्तीमा बिगतका बर्षहरुमा बर्षेनी सवारी दर्ता बढ्ने गरेको थियो । सडकको अबस्था सुधार नहुँनु तर सवारी दर्ता गर्ने क्रम बढेकाले चौतर्फी रुपमा आलोचना पनि हुने गरेको थियो । तर गएको आर्थिक बर्ष २०७४÷०७५ मा भने आर्थिक बर्ष २०७३÷०७४ को तुलनामा सवारी दर्ता संख्या घटेको छ । ‘बिगतमा सवारी दर्ता बर्षैनी बृद्धि हुँदै गएको थियो’ यातायात ब्यबस्था कार्यालय राप्तीका प्रमुख मित्र ढकालले भने‘ तर गएको आर्थिक बर्षमा सवारी दर्ता गर्ने संख्या घटेको छ ।’ उनका अनुसार गत आर्थिक बर्षमा साना र ठुला चार हजार एक सय ६६ सवारी साधन दर्ता भएका छन् । उनका अनुसार मोटरसाइकल, स्कुटरलगायतका साना सवारी साधन तीन हजार दुई सय ६९ र ठुला गाडिहरु ८ सय ९७ दर्ता भएका छन् । सबै भन्दा बढि मोटरसाईकल दर्ता हुने गरेको उनले जानकारी दिए ।

आर्थिक बर्ष २०७३÷०७४ मा पाँच हजार ४४ सवारी साधन दर्ता भएका थिए । प्रमुख ढकालका अनुसार मोटरसाइकल, स्कुटीसहित साना सवारी साधन तीन हजार ९ सय ८९ र ठुला सवारीसाधन एक हजार ५५ दर्ता भएको उनले बताए । सबै अञ्चलमा यातायात ब्यबस्था कार्यालय हुने भएकाले पनि यातायात सरुवा गर्न मिल्छ । यसले गर्दा बुटलमा दर्ता भएका गाडि दाङ पनि सरुवा गर्न सक्ने ब्यबस्था भएकाले थपघट भईराख्ने उनको भनाई थियो । उनका अनुसार अहिलेसम्म राप्तीमा ३८ हजार सात सय ७७ सवारीसाधन दर्ता भएका छन् ।

 

 

 

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्