प्लाष्टिक मुक्त अभियानमा युवा



 

तुलसीपुर २६, साउन ।

दाङका युवाहरु प्लाष्टिक मुक्त अभियानमा सक्रिय हुन थालेका छन् । संगठित भएर युवाहरुले प्लाष्टिक मुक्त अभियान सञ्चालन गरेका हुन् । प्लाष्टिकले वातावरणमा नकारात्मक असर पार्ने भएकाले युवाहरु संगठित भएर प्लाष्टिक मुक्त अभियानमा सक्रिय भएका हुन् ।

जलबायु परिबर्तनका लागि नेपाली युबा सञ्जालको गठन गरि प्लाष्टिक मुक्त अभियानमा सक्रिया भएका हुन । साथै उक्त संस्थाको दशौं बार्षिकोत्सव भएको छ । जलबायु परिबर्तन, यसका कारण , जलबायु परिबर्तनले कृषि क्षेत्र, मानव स्वास्थ्यमा पार्ने असर तथा न्यूनिकरण र अनुकुलनका बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । जीवन उप्रेती, गोकुल कँडेल, सम्पुर्ण बर्तौला, सन्दा लामिछाने , सबिना भण्डारीसहित ४०जनाको समूहले विषयगत र केही अभ्यासलाई पनि समेटेर कार्यक्रम गरेको थियो ।

साथै संस्थाका दाङ संयोजक राजेस कुँवर र पूर्बसदस्य बिमल रेग्मीको सहभागितामा प्लाष्टिक प्रर्दुषणलाई मुक्त गर्ने अभियान अन्तगरगत ‘पकेट ईज माई डष्टविन, लेट्स गो ग्रीन टुगेदर’ गरि दुइवटा अभियान सुरु गरिएको थियो । कार्यक्रममा आगामी दिनहरुमा जलबायू परिबर्तनले कृषि क्षेत्रमा पारेको असरका बिषयमा किसान माझ जाने योजना समेत बनाएको छ ।

पहिलो अभियान अन्तरगत प्लाष्टिक जन्य फोहोरलाइ सम्बन्धित ठाउमा नभेटिदा सम्म आफ्नै पकेटमा राख्ने र अरुलाइ पनि प्रेरित गर्ने र सम्बन्धित ठाउमा मात्र फोहोर संकलन गर्ने सबै सदस्यहरु बिच सहमती भएको थियो । भने दोस्रो अभियानमा जलबायुका मुद्धा र फोहोर ब्यवस्थापनलाई बिद्यालय , कलेज मार्फत स्थानीय मानिसहरूलाई सुसचित गर्ने लक्ष्य लिएको संयोजक कुँवरले बताए ।

 

((

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्