पशुलाई सुत्केरी भत्ता



 

गिरिराज नेपाली

घोराही, २७ साउन । पशु पालन व्यावसायको विकास विस्तार तथा किसान प्रोत्साहनका लागि तुलसीपुर उपमहानगरपाकिला वडा नं. १८ ले यही भदौ देखी पशु सुत्केरी भत्ता वितरण शुरु गर्ने भएको छ । वडा लाई पशुपालन व्यावसाय वाटै समृद्ध र समुनत बनाउने उद्देश्यले गाइभैसी , भेडाबाख्रा र सुङगुर बङगुरलाई सुत्केरी भत्ता वितरण गर्न लागिरहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ वडाध्यक्ष माधव वंलीले जानकारी दिनुभयो ।

पछिल्लो समय पशुपालन व्यावसाय तर्फ किसान आकर्षण घट्दै गइरहेकाले वडाले पशुपालन व्यावसायको वृद्धि र विकासले पशु सुत्केरी कार्यक्रम लागु गर्न लागेका उहाँले बताउनुभयो । वडा क्षेत्रमा प्रशस्तै चरिचरण घाँसपातका लागि वन जंगल हुदा हुदै पनि वडावासीले पशुपालन विस्तार छोड्दै गइरहेकाले यस्तो कार्यक्रम लागु गर्न लागेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘ १८ नं. वडा लाई पशुपालनमा दाङकै नमूना वडा बनाउने तयारीमा छौं । ’ जसले गर्दा पशुपालन पालन व्यावसाय तर्फ किसानहरुको आकर्षण बढदै जानु, स्वरोजगार र आत्मनिर्भरताको विकास हुदै जानुले वडा लाई आर्थिक रुपमा सम्पन्न र मजबुत बनाउन सकिने उहाँले बताउनुभयो ।

 

यो अभियान मार्फत वडामा परम्परात रुपमा गर्दै आईरहेका पशुपालन परम्परालाई विस्थापित गर्दै व्यावसायिक पशुपालनको परम्पराको विकास गर्ने लक्ष्य समेत बोकेको उहाँको भनाई छ । मासु रदुधजन्य पदार्थमा आत्मनिर्भर बनाई , पशुपालनमै स्वरोजगारको सिर्जना गर्दै उर्जाशिल जनशक्ति लाई पशु र कृषि क्षेत्रमै रमाउने गरी वडाले यो प्रयास थालनी गर्न लागेको उहाँको भनाई छ । पछिल्लो समय फष्टाउदै गइरहेको कृत्रिम गर्भाधारणले राम्रो उत्पादन दिन सक्ने भएकाले सुत्केरी कार्यक्रम सँगसँगै कृत्रिम गर्भाधारण वारे किसानलाई जानकार बनाउने नयाँ कार्यक्रम रहेको उहाँले बताउनुभयो । जसले उत्पादन र उन्नत पशुपालनमा सुधार ल्याउन सक्ने उहाँको भनाई छ ।

उहाँले स्थानीय प्रजातीका गाईभैसी भेडाबाख्रामा सुङगुर बङगुरको कृत्रिम गर्भाधारणले उत्पादन राम्रो दिने भएकाले स्थानीय पशुमा कृत्रिम गर्भाधारण गरेका किसान लाई विशेष सुविधा दिईने बताउनुभयो । पछिल्लो समय उन्नतका नाममा स्थानीय प्रजातिका पशुहरु नाशिदै गइरहेकाले वडाले यस्तो थालनी गरेको उहाँको भनाई छ ।

उहाँले उक्त सेवा लिन चाहाने किसानले पशुपालन व्यावसाय अनिवार्य दर्ता गरेको हुनुपर्न, कम्तीमा तीन– पाँच वटा सम्म गाइभैसी भेडाबाख्रा सुङगुर बङगुर पालन गरेको हुनुपर्ने , पशु बिमा गरेको हुनुपर्ने , पशुको नियमित स्वास्थ्य परिक्षण गरेको हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘स्थानीय बस्तुभाउलाई दुई हजार र उन्नत प्रजातीका बस्तुभाउ लाई एक हजार सहित ४० किलो पौष्ट्रिक आहार उपलब्ध गराउने छौं । ’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्