हुक्का बारमा प्रहरी छापा, २७३ किशोर किशारी पक्राउ



बुटवल, २७ श्रावण । प्रहरीले बुटवलका दुई वटा हुक्का बारमा छापा मारेर झण्डै २ सय ७३ किशोर किशोरीलाई नियन्त्रणमा लिएको छ ।

स्थानीयको उजुरीका आधारमा प्रहरीले मैत्रीपथस्थित बिच फोर्ड क्याफे र मिलनचोकको ग्यालेक्सी क्याफेमा छापा मारेको हो । फोर्ड क्याफेमा १२३ किशोरी र ८४ जना किशोर तथा ग्यालेक्सीमा ३१ किशोरी र २५ किशोर पक्राउ परेका छन् ।

मदिरा, धुमपान र हुक्का सेवन गरेर होहल्ला गरेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

दुबै कयाफेमा भेटिएकाहरु १२/१३ वर्षका स्कुल पढ्नेदेखि १७/१८ वर्षका कलेज पढ्ने किशोर किशोरी छन् । उनीहरूलार्इ केही घण्टा इलाका प्रहरी कार्यालय बुटवलमा राखे पश्चात अभिभावकलाई बोलाएर छोडिएको छ ।

प्रहरीले ग्यालेक्सी क्याफेका संचालक अर्जुन अर्याल र निलकण्ठ अधिकारी तथा बिच फोर्डका संचालक विजय थापा र अरुण गुरुङलाई नियन्त्रणमा लिएको छ । उनीहरूलार्इ र्वजनिक मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

‘क्याफे र हुक्का बारहरुका कारण कलिला किशोर किशोरीहरु कुलत र गलत बाटोमा जाने गम्भीर खतरा देखियो’ मल्लले भने, ‘यति भयावह अवस्था होला भन्ने कल्पनै गरेका थिएनौं ।’

विशेषगरी शुक्रबार र शनिबार क्याफेमा किशोर किशोरीको जमघट र होहल्लाका कारण समाजमा नकारात्मक असर परेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्