प्युठानका २ युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु



साउन २६, काठमाडौँ । सडक दुर्घटनामा परी पूर्वी नवलपरासीको दुम्कीवासमा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्कीवास–अरुणखोला जंगलमा आज दिउँसो बोलेरो जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी लिवाङ प्युठानका ३२ वर्षीया जगतबहादुर परियार र १० वर्षिया विवेक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु १ च ९७५९ नं. को बोलेरो जीप र विपरीत दिशातर्फ जाँदै गरेको लु २० प ५१७ नं. को मोटरसाइकल बेसक्याम्प चोक नजिक ठक्कर खाँदा दुर्घटना भएको हो ।

मृत्यु हुने दुवै जना मोटरसाइकलमा सवार रहेको र उनीहरूको उपचारको क्रममा कावासोतीस्थित मध्यविन्दु सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्