सर्पको टोकाईबाट एक महिला बिरामी



रोम थापा मगर ,
सैघा, २७ साउन । सर्पको टोकाईबाट एक महिला बिरामी भएकी छिन । घोराही उपमहानगरपालिका वडा नं १९ साताम निवासी ३५ वर्षीया धनसरी पुनको सर्पको टोकाईबाट बि।रामी भएको उहाँको भाई भिम घर्तिले बताउनु भएको छ । आज भन्दा ३ दिन अघि सर्पले टोकेको र उपचारका लागि हाल नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको घर्तिले बताउनु भयो । उहाँका अनुसार बिहान करिब ९ बजेतिर मकैबारीमा घाँस काट्न गएको समयमा देब्रे हातको पाखुरामा सर्पले टोकेको उहाले बताउनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्