राणाको शोकमा कांग्रेसले ३ दिन झण्डा झुकाउने



नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतशम्शेर राणाको शोकमा तीन दिन पार्टी केन्द्रीय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने भएको छ।

राणाको साउन २५ गते निधन भएको थियो। लोकतन्त्र र गणतन्त्रको संघर्षमा समर्पित राणाको निधनमा पार्टीले गहिरो दु:ख व्यक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधिको अध्यक्षतामा आइतबार बसेको बैठकले साउन २७, २८ र २९ गते झण्डा आधा झुकाउने, २८ गते केन्द्र र जिल्ला कार्यालय बन्द गर्ने, भदौ ६ गते केन्द्रीय कार्यालयमा शोक सभा गर्ने कार्यक्रम कांग्रेसले तय गरेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्