थारु कल्याणकारिणी सभा दाङको अधिवेशन भदौ १६ गते हुने



घोराही, २७ साउन । थारु कल्याणकारिणी सभा दाङको जिल्ला अधिवशेन यहि भदौ १६ गते घोराहीमा हुने भएको छ । आइतवार घोराहीमा बसेको थारु कल्याणकारिणी सभा दाङको कार्यसमितिले यस्तो निर्णय गरेको हो । यसैविच अधिवेशनलाई भव्य र सभ्य बनाउनका लागि सभाका अध्यक्ष तेजमान चौधरी संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरिएको छ ।

जस्को सदस्यमा सन्तोष दहित, प्रकाश चौधरी, मंगल चौधरी र सुष्मा चौधरी रहनुभएको छ । त्यसैगरि सभाका सल्लाहाकार लक्ष्मीमान चौधरीको संयोजकत्वमा अतिथी सत्काकार समिति, सचिव सन्तोष दहितको संयोजकत्वमा प्रचारप्रसार समिति, अनिल चौधरीको संयोकत्वमा युवा परिचालन उपसमिति गठन गरिएको छ ।

सभाको अध्यक्ष तेजमान चौधरीको अध्यक्षता तथा सभाका सल्लाहकार लक्ष्मीमान चौधरीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएकोथियो । सभाको केन्द्रीय महाधिवेशन असोज ७, ८ र ९ गते काठमाण्डौमा हुनगइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्