जीपको ठक्करबाट ११ महिनाको शिशुको मृत्यु, चार घाईते



पाल्पा, साउन २७ । तानसेन नगरपालिका–३ भीमसेनटोलमा लु १ च ६७४८ नम्बरको जीपले ठक्कर दिँदा एक बच्चाको मृत्यु भएको छ । चार पैदलयात्रु घाईते भएका छन् । दुर्घटनामा परि वगनाशकाली गाउँपालिका–३, नायरनम्तलेसको ११ महिनाको बच्चा निशान बस्यालको मृत्यु भएको हो ।
दिउँसो ११ः४५ बजे भएको दुर्घटनामा चालक समेत घाईते भएका छन् । घाईते युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको छ । जीपको ठक्करबाट तीन वटा बाईकमा क्षति पुगेको छ । घाईतेहुनेहरुमा वगनाशकाली गाउँपालिका–३, नायरनम्तलेसका वर्ष ५ का नविन बस्याल, ४८ वर्षकी लक्ष्मी बस्याल, सुनवलका रामजी चौधरी, तानपा–६ की कमला पाण्डे रहेका छन् । ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको बताईएको छ । चालक प्रहरीको नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्