गुप्तचर विभागका १५ जना डिएसपी एसपीमा बढुवा (नामसहित)



काठमाडाैं । देशको एक मात्र गूप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागमा १५ जना डिएसपी एसपीमा बढुवा भएका छन् । गृहसचिव प्रेम राईले एसपी बढुवाको सदर गरेका हुन । बढुवा हुनेमा मुकुन्दराज श्रेष्ठ एक नम्बरमा, दुई नम्बरमा नविन प्रसाद भट्टराई र तीन नम्बरमा टेकराज तिमिल्सेना रहेका छन् ।

बढुवामा पहिलो नम्बरमा रहेका श्रेष्ठ र भट्टराई आगामी चैत्रमा अवकास हुंदैछन् । ०६३ सालमा अनुसन्धान अधिकृतमा भर्ना भएका तिमिल्सेना आफ्नो ब्याचबाट एक नम्बरमा बढुवा हुन् सफल भएका छन् । तिमिल्सेना र अर्का डिएसपी सुरेन्द्र कोइरालाबीच एक नम्बरमा बढुवा हुन चर्को प्रतिस्पर्धा भएपछि बढुवा केही समय रोकिएको थियो ।

एसपी बढुवामा हुने डिएसपीहरुमा तुलसीराम प्रसाई,सुरेन्द्र कोइराला,रमेश सिंह डांगा,विरेन्द्र सिंह कार्की, नरेन्द्रराज गिरी,शेरबहादुर चन्द,अभिनय कुमार सिंह रहेका छन् ।

त्यसैगरी तिलक शर्मा प्रसाई,बिमल घिमिरे, गोपाल पन्थी, कमल प्रसाद भट्टराई र कुलबहादुर खड्का एसपी बढुवामा परेका छन् । वरियतामा ३२ नम्बरमा रहेका डिएसपी चन्द ९ नम्बरमा उक्लन सफल भएका छन् । उनि सुदुरपश्चिम घर भएका अनुसन्धान अधिकृत हुन् । चन्द कामभन्दा बढी व्यापार व्यवसायमा संलग्न हुंदै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्