अपराध

बन्धक बनाएर बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

By थाहा अनलाइन

August 12, 2018

कालिकोट : एक १५ वर्षीया बालिकालाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनबहादुर बमलाई पक्राउ गरेको छ। बालिकालाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा बमलाई साउन २६ गते प्रहरीले नियन्त्रणमा लिएको हो।

पीडित बालिकालाई बमले साउन १८ गतेदेखि २० गतेसम्म सोही गाउँपालिका–३ स्थित एक घरमा बन्धक बनाएर लगातार बलात्कार गरेको भन्दै पीडित बालिकाले साउन २५ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको  र त्यही आधारमा बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २५ गते जिल्ला अस्पताल कालिकोटमा गरिनुका साथै बमलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रहरी कार्यालय कालिकोटका डिएसपी बिनोद शर्माले बताए। ‘पीडित बालिकाको उजुरीको आधारमा बमलाई पक्राउ गरिएको छ’ उनले भने, ‘घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।’