भदौ ५ सम्म जिल्लामा नयाँ नेत्रित्व आउँछ – पूर्व मन्त्री शर्मा



दाङ ,२७ साउन । पुर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले आगामी भदौ ५ गते सम्म सबै जिल्लामा नयाँ नेत्रित्व आउँने वताउँनु भएको छ ।  । बंगलाचुली गाउँपालिको बार्षीक समिक्षा र्काक्रममा बोल्दै उहाँले यस्तो बताउँनु भएको हो । पार्टीले आन्तरिककाम तिव्र रुपमा अगाडी बढाएको वताउँदै भदौ दोश्रो हप्ता सम्म पहिलो एकता बैठक बस्ने गरी प्रकृया ढुङ्ग्याउने तयारी भएको बताउँनुभयो ।

 

संक्रमण कालिन समयका कारण केही समस्या देखिएको भन्दै मन्त्री शर्माले त्यसको हल छिटै हुने वताउँनुभयो । दुवै कम्युनिष्ठ पार्टीले मिलेर समाजबादको आधार तयार गरेको वताउँदै त्यसका लागि सबै कार्यकतालाई सहयोग गर्न समेत आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीले एक व्यक्ति एक पदको अबधारणा अगाडी सारेको वताउँदै कार्यकर्तालाई त्यस अनुरुप अगाडी बढ्न समेत निर्देशन दिनुभयो ।

त्यस अबसरमा बोल्दै स्थानीय नागरिकहरुले गाउँपालिकाले जनमुखी बजेट नल्याउँदा समस्या भएको वताएका थिए । त्यस अबसरमा नेकपाका नेता नारायणी शर्मा प्रतिक्षा, सुवास पुन स्थानीय भिमबहादुर केसी, बासुदेव महरा, जीवन नेपाली लगाएतले आ आफ्नो सुझाव राख्नु भएको थियो । कार्यक्रम बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वोलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्