निरन्तर बर्षाको कारण राप्तिमा बज्यो चेतावनीको साईरन



दाङ,२८ साउन । राप्ती नदिमा पानीको सतह बढेको छ । निरन्तर पानी परेकाले राप्ती नदी चर्नेटा, बागास्वोती, कुशुममा जलसतह सामान्य रहेपनि निरन्तर बर्षादका कारण चेतावानी साइरन बजिरहेको छ ।

 

दाङ आसपासका क्षेत्रहरुमा पनि निरन्तर पानी परिरहेको छ । अझै केहि दिन पनि पर्ने संकेत देखिरहेको छ । नदि तटीय क्षेत्रमा बसोबास गर्ने समुदायमा सुचना प्रबाहा गरि सावधानी अपनाउन जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले आग्रह गरेका छन् । साना खोलाहरुको बहाब तिब्र बृद्धि भैरहेको छ । घोराही तुलसीपुर लमही सम्मको यात्रा गर्दा साबधानी आपनाउन आग्रह गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्