दाङ, २८ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ गरेको बिरोधमा पार्टीले देशव्यापी रुपमा भोली २९ गते नेपाल बन्दको आबहन गरेको दाङका जिल्ला सेक्रेटरी विक्रमले जानकारी दिनुभयो ।
प्रहरीले पूर्व मन्त्री समेत रहेका सो पार्टीका स्थायी समिति सदस्य विश्वकर्मासहित ३ जनालाई मंगलबार बेलुका पक्राउ गरेको थियो ।यसको बिरोधमा सो पार्टीले साउन २५ गते देशब्यापी कोणसभा, २६ गते विरोधसभा, साउन २७ गते मशालजुलुस, साउन २९ गते नेपाल बन्दको घोषणा गरेको विक्रमले जानकारी दिनुभयो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।