प्रदेश ५

दाङको यातायात सेवा अबरुद्ध

By थाहा अनलाइन

August 13, 2018

दाङ,२८ साउन । लगातार परेको बर्षातका कारण दाङको यातायात सेवा अबरुद्ध भएको छ । बर्षातका कारण लामो तथा छोटो दुरीका सबै यातायाताका सेवा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्लाको घोराही तुलसीपुर, घोराही लमही सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ । जिल्लाको बबई नदी, सिस्ने खोला,कटुवाखोला, सेवार खोला, गुर्जेखोला, हापुर खोला, संक्राम खोला, गुहार खोलामा पानीको सतह बढेका कारण यातायातका साधन बन्द भएका हुन ।निरन्तर पानी परेकाले राप्ती नदी चर्नेटा, बागास्वोती, कुशुममा जलसतह सामान्य रहेपनि निरन्तर बर्षादका कारण चेतावानी साइरन बजिरहेको छ ।

दाङ आसपासका क्षेत्रहरुमा पनि निरन्तर पानी परिरहेको छ । अझै केहि दिन पनि पर्ने संकेत देखिरहेको छ । नदि तटीय क्षेत्रमा बसोबास गर्ने समुदायमा सुचना प्रबाहा गरि सावधानी अपनाउन जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले आग्रह गरेका छन् । साना खोलाहरुको बहाब तिब्र बृद्धि भैरहेको छ । घोराही तुलसीपुर लमही सम्मको यात्रा गर्दा साबधानी आपनाउन आग्रह गरिएको छ ।