दाङ।आज साउन महिनाको अन्तिम सोमबार दाङको पाण्डेश्बर मन्दिर धारापानी लगाएत शिवालयहरूमा भक्तजनहरूको भिडभाड लागेको छ।
साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा आराधाना गर्दछन्। साउनको प्रत्येक सोमबार ब्रत बसेका महिलाहरुले आज विधिपूर्वक ब्रत समापन गर्दै छन्।
साउनको सोमबार भगवान शिवको प्रिय बार भएको भन्ने धार्मिक विश्वासका साथ हिन्दू धर्मावलम्बी महिलाहरुले ब्रत बस्ने, पूजाआजा गर्ने, दान गर्ने लगायतका काम परापूर्वकालदेखि गर्दै आएका छन्। सोमबारको ब्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।