नेसंबि अन्तरर्गतका कार्यालय दाङ राख्न माग



दिपक बोहरा,
तुलसीपुर, २८ साउन ।

नेपाल संस्कृत विश्वविद्यालय अन्तरगत दुई वटा कार्यालय अहिले काठमाडौंबाट चल्दै आएका छन् । ति कार्यालयलाई दाङबाट सञ्चालन गर्न भनि प्रधानमन्त्री र शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयबाट पनि निर्देशन दिईसकेको छ । तर पनि ति कार्यालयहरु काठमाडौंबाट चल्दै आएको भन्दै दाङका बिद्यार्थीसंगठनहरुले कार्यालयलाई ध्यानाकर्षण गराएका छन् । अनेरास्वबियू दाङ, अखिल क्रान्तिकारी दाङ, बिप्लव निकट अखिल क्रान्तिकारी, नेबिसंघ दाङले आईतबार संयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन् । नेपाल संस्कृत विश्वविद्यालय अन्तरगत अनुसन्धान केन्द्र र सांस्कृत अध्ययन केन्द्र अहिले काठमाडौं रहेको भन्दै ती कार्यालयहरु केन्द्रीय कार्यालय रहेको दाङमै राख्न माग गरेका हुन् ।

अनेरास्वविय दाङ जिल्ला अध्यक्ष बिरबल खड्का, अखिल क्रान्तिकारी दाङका उपसंयोजक सुबास बस्नेत, नेविसंघ दाङका कार्यबहाक सभापति टोप बहादुर बुढाथोकी, बिप्लव निकट अखिल क्रान्तिकारी दाङका अध्यक्ष प्रितिमा चैधरीले संयुक्त हस्ताक्षर गरि कार्यालयका उपकुलपति ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्