काठमाडौं : सरकारले विभिन्न ४ वटा विधेयक राष्ट्रिय सभामा पेश गरेको छ। राष्ट्रिय सभाको सोमबार बसेको पहिलो बैठकमा सरकारका तर्फबाट सम्बन्धीत मन्त्रीहरूले विधेयकलाई बैठकमा पेश गरेका हुन्। कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ लाई बैठक समक्ष पेश गरेका हुन्।
त्यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी पहिलो संसोधन विधेयक २०७५ लाई बैठक समक्ष पेश गरे। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बातावरण संरक्षण पहिलो संशोधन विधेयक २०७५ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ पेश गरेका हुन्। राष्ट्रिय सभामा पेश भएका विधेयकहरूमा कुनै पनि विरोधका सूचना परेका छैनन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।