सरकारलाई गगनको व्यंग -बिमस्टेकका पाहुनाहरुलाई बिभिन्न होटलमा राखौ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बिमस्टेकमा सहभागी हुन आउने राष्ट्र प्रमुखहरूलाई काठमाडौंका फरक(फरक होटलहरूमा राख्न माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै थापाले यहीँ १४ र १५ गते हुन लागेको बिमस्टेक बैठकमा सहभागी हुन विभिन्न ६ देशका राष्ट्र प्रमुखहरू काठमाडौं आउने कार्यक्रम रहेको छ।

उक्त अवसरमा सरकारले पनि सरसफाइ र खाल्डा पुर्ने काममा लागेकाले सबैतिर खाल्डा पुरिउन् भनेर थापाले उक्त प्रस्ताव गरेका हुन्। उनले भने, त्यसो गरे सरकारले सडकका खाल्डाखुल्डी पुर्नेछ र बेथिति हटाउनेछ भन्नेमा म पूर्ण विश्वस्त रहेको छु।

उनले सरकार रातारात खाल्डा पुर्ने गरेको प्रति व्यंग गरेका हुन्। उनले विदेशीले खाल्डा र फोहोर देखे इज्जत जाने भयले यस्तो भइरहेकाले अतिथिहरूलाई विभिन्न होटलहरूमा राख्न माग गरेका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्