खेलकुद

युवालाई परिचालन गर्ने नीति र कार्यक्रम आवश्यक- खेलकुद मन्त्री

By थाहा अनलाइन

August 13, 2018

काठमाडौंः युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले राष्ट्र निर्माणको अभियानमा युवाहरुलाई परिचालन गर्न आवश्यक नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेका छन्।

युवा तथा खेलकुद मन्त्री विश्वकर्माले युवाहरुलाई परिचालन नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पारे। उनले मुलुकलाई समृद्ध बनाउने गरी युवाहरुलाई दक्ष र आत्मनिर्भर बनाउने विषयमा सरकार गम्भिर रहेको दावी पनि परे।

सोमबार काठमाडौंमा आयोजित ‘प्रथम राष्ट्रिय युवा अधिकार महाभेला’ लाई सम्बोधन गर्दै उनले सरकार मुलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढाउन केन्द्रित रहेको पनि स्मरण गराए।

मन्त्री विश्वकर्माले सरकार सुशासन, विकास र समृद्धिको माध्यामबाट जनतामा खुशीयाली ल्याउने अभियानमा केन्द्रित भएको पनि स्मरण गराए। अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजित सो कार्यक्रममा उनले युवाहरुलाई आफ्नो हक, अधिकार सुनिश्चित गराउने अभियानमा जुट्न पनि आह्वान गरे।