दाङमा कृष्णसेन बहुप्राविधिक शिक्षालय स्थापना हुने



दाङ, साउन २८ । दाङको घोराहीमा कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय स्थापना भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभीटी) को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

नेकपाका केन्द्रीय सदस्य एवं नेकपा माओवादी केन्द्र दाङका जिल्ला इञ्चार्ज जीवन गौतमको विशेष पहलमा घोराहीमा सिटीइभिटीको आंगीक कलेजका रुपमा बहुप्राविधिक शिक्षालय स्थापना भएको हो । शिक्षामन्त्री एवं परिरषद्का अध्यक्ष गिरिराजमणि पोख्रेलको अध्यक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

 

राप्ती क्षेत्रकै सबैभन्दा माथिल्लो तहका सहिद भएर पनि राज्यबाट देखिने काम कुनै नभएकाले राजनीति र पत्रकारिताको कर्मभूमि दाङमा कृष्णसेनको नामबाट प्राविधिक शिक्षालय स्थापना गरिएको गौतमले जानकारी दिनुभयो । यही कामका लागि इञ्चार्ज गौतम लामो समयदेखि काठमाडौंमा रहनुभएको थियो । उहाँले लामो प्रयासपछि सहिद कृष्णसेनको नाममो एउटा काम गर्न सफल भएको जानकारी दिँदै अब घोराही उपमहानरपालिकाले जग्गा र भवन उपलब्ध गराए यही शैक्षिक शत्रदेखि फरेष्ट्री इन डिप्लोमाको कक्षा सञ्चालन गर्ने जानकारी पनि उहाँले दिनुभयो । पर्याप्त भवन बन्न सके अहिले नै थप पाँच वटा विषयमा समेत भर्ना आव्हान गरिने उहाँले जानकारी दिनुभयो । यस कलेजमा विद्यार्थीले सस्तोमा अध्ययन गर्न पाउने छन् ।

यस्तै कलेज सल्यान र रुकुममा पनि स्थापना हुनेछन् । सिटइभिटीले दाङका दश सामुदायिक विद्यालयलाई प्राविधिक कक्षाको अनुमित दिने निर्णय गरेको छ । जसअनुसार अमर मावि उरहरिमा पशु विज्ञान, कल्याण मावि दूधराशमा सिभिल इञ्जियिरिङ, आदर्श नमूना मावि लालमटियामा सूचना प्रविधि, गुरुजजुर मावि रक्षौचारमा बाली विज्ञान, मावि तुलसीपुर सेन्टरमा सूचना प्रविधि, मावि रझेनामा सर्भे इञ्जिनियरिङ, सरस्वती मावि काठेकोल घोराहीमा सूचना प्रविधि, बाल जनता मावि लमहीमा बाली विज्ञान, पद्योदय नमूना माविमा अटोमोबाइल इञ्जिनियरिङ र मावि गोग्लीमा बाली विज्ञान कक्षाको अनुमति प्रदान गरिएको छ । देशभरिका ९६ वटा सामुदायिक विद्यालयले अनुमित पाएकोमा इञ्चार्ज गौतमको बिशेष पहलमा १० वटा दाङबाट मात्रै परेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्