दाङ,२९साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको कारण दाङको जनजीवन ठप्प भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीका यातायातका साधन समेत पूर्ण रुपमा बन्द रहेका छन् । यसका साथै भालुवाङ, लमही, घोराही, तुलसीपुर पश्चिम दाङमा का बजारहरु समेत पुर्ण रुपमा बन्द रहेका छन् ।
बन्दको पुर्व सन्धामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गएराती दाङका विभिन्न स्थानमा मसाल जुलुश प्रर्दशन गरेको जिल्ला ईन्चार्ज विक्रमले जानकारी दिनुभयो । जिल्लाको घोराहीको ट्राफिक चोक, लमही, भालुवाङ, नारायणपुर, विजौरी, तुलसीपुर र शान्तिनगरको धनौरीमा मसाल जलुश प्रर्दशन गरेको विक्रमले जानकारी दिनुभयो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ गरेको बिरोधमा पार्टीले देशव्यापी रुपमा आज नेपाल बन्दको आबहान गरेको हो ।
प्रहरीले पूर्व मन्त्री समेत रहेका सो पार्टीका स्थायी समिति सदस्य विश्वकर्मा सहित ३ जनालाई मंगलबार बेलुका पक्राउ गरेको थियो ।यसको बिरोधमा सो पार्टीले साउन २५ गते देशब्यापी रुपमा विरोधका कार्यक्रम गर्दै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।