नेपाल बैदेशिक रोजगार ब्यवसायी संघमा गुरुङ



काठमाडौं, असार ३१

नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ बिजयी हुनुभएको छ । गुरुङ ४३४ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी बिमल ढकालले ३४१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै महासचिव गेलालले ४०९ मत र प्रतिस्पर्धी सुजितकुमार श्रेष्ठले ३६८ मत प्राप्त गर्नुभएको छ । सचिव जीसीले ४ सय मत र प्रतिस्पर्धी बिनोदजंग केसीले ३७० मत र कोषाध्यक्ष कटुवालले ४०४ मत र प्रतिस्पर्धी ताम्राकारले ३६७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सदस्यमा तेजमाया लिम्बु, सुरेश गौतम, सञ्जु गुरुङ, सबिना श्रेष्ठ, प्रेम बिश्वकर्मा, कान्छादोर्जे डिङदोङ, प्रमेश्वर अधिकारी, बवनकुमार सिंह, प्रितमबहादुर मगर र सुरज केसी निर्वाचित हुनुभएकोयसैगरी प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना, द्धितीय उपाध्यक्षमा भुवन गुरुङ, तृतिय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाल, सचिव इश्वर जीसी र कोषाध्यक्षमा राधिका कटुवाल बिजयी हुनुभएको छ ।

प्रथम उपाध्यक्ष भन्तनाले ४५३ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी प्रज्ञान न्यौपानेले ३१० मत प्राप्त गर्नुभएको छ ।यस्तै द्धितीय उपाध्यक्ष गुरुङले ४०७ मत र प्रतिस्पर्धी शुवर्ण श्रेष्ठले ३६२ मत प्राप्त गर्नुभएको छ ।

तृतीय उपाध्यक्ष पाख्रिनले ४०५ मत र प्रतिस्पर्धी नवलकिशोर यादवले ३६१ मत प्राप्त गर्नुभएको छ ।संघको निर्वाचनमा रोहन समुहबाट उम्मेदवार बनेकामध्ये पदाधिकारीमा द्धितीय उपाध्यक्षकी उम्मेदवार शुवर्ण श्रेष्ठ र कोषाध्यक्ष रमिला ताम्राकार मात्रै पराजित हुनुभएको छ । आन्तरिक घातको कारण उहाँहरु पराजित भएको बुझाई रोहन एमालेको रहेको छ

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्