विप्लवको बन्द – स्कुल बस जलाइयो



काठमाडौँ : प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको बन्दको प्रभाव ठाउँ ठाउँमा देखिएको छ।

राजधानी काठमाडौँमा सवारी साधन आंशिकरुपमा घटे पनि सञ्चालन भइरहेका छन्। तर निजी तथा सरकारी विद्यालय बन्द भएका छन्। कतिपय स्कुल र कलेजहरूले आज पढाई नहुने सूचना दिइसकेका छन्। देशका विभिन्न ठाउँमा सार्वजनिक स्थानमा शंकास्पद बस्तुहरू फेला परेको खबरहरू प्राप्त भएका छन्।


मकवानपुर

मकवानपुरको थाहा नगरपालिका ११ देउरालीमा एउटा स्कुल बस बन्दकर्ताले जलाएको खबर छ। सम्वाददाता कृष्ण सारु मगरका अनुसार पालुङबाट नौबिसे जाँदै गरेको नम्बर प्लेट नहालेको स्कुलबस बन्दकर्ताले पेट्रोल हालेर आगो लगाएका हुन्। मकवानपुर प्रहरी प्रमुख बुद्धि गुरुङका अनुसार बस पूर्ण रुपमा जलेको छ। बन्दका कारण यहाँ लामो रुटका गाडी चलेका छैनन् भने स्थानीय गाडी फाट्टफुट्ट चलिरहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्