डाक्टरहरुको चेतावनी ‘भदौ १ बाट विरामी हेर्दैनौ’



काठमाडौँ । नेपाल चिकित्सक संघले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यवधि ऐन संसोधन गर्न माग गरेको छ ।

नयाँ प्रावधानहरु समेटेर बनाइएको ऐनले डाक्टरहरुलाई अपराधीको दर्जामा राखेको भन्दै संघले तत्काल ऐन संसोधन गर्न माग गरेको हो ।

नयाँ मुलुकी ऐनमा चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भए ५ वर्ष कैद र हेलचेक्र्याइँबाट बिरामीको मृत्यु भए ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । यो व्यवस्था प्रति असन्तुष्टि जनाउदै चिकित्सक संघले तत्काल संसोधन गर्न माग गरेका हो ।

संघले ऐन संसोधन नभए भदौ १ गतेबाट विरामी नजाच्ने चेतावनी दिएको छ । संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले चिकित्सकलाई अपराधी बनाउन खोजे भदौ १ देखि एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने चेतावनी दिए । उनले भने– ‘त्यस्तो दिन नआओस् सरकारले यसतर्फ बेलैमा ध्यान दिओस् ।’

उनले ऐनमा लापरवाही र बद्नियत शव्दको स्पष्ट व्याख्या नभएको हुँदा ती ऐनका कारण चिकित्सकलाई सेवा गर्न अप्ठ्यारो पर्ने बताए । नयाँ व्यवस्थाले उपचारका क्रममा कुनै कारणले विरामीको मृत्यु भएमा डाक्टरहरुलाई फौजदारी अभियोग लाग्ने र जेल जाने अवस्था आएको उनले बताए । उपचार गर्दा आफू अपराधी बनिन्छ भनेपछि कुन डाक्टरले काम गर्न सक्छ रु अध्यक्ष श्रेष्ठले भने ।

नयाँ मुलुकी फौजदारी संहिता ऐनको दफा २३१ को उपदफा ९१० मा ‘बदनियत चिताई’ इलाज गर्नेको हकमा बिरामीको ज्यान गए जन्मकैद हुने व्यवस्था गरिएको हो । ऐनमा चार खालका उपचारको अवस्थामा कसैको ज्यान गए यस्तो सजाय गर्ने भएको हो ।

नयाँ व्यवस्थाअनुसार कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गरी ज्यान लिएमा जन्मकैदको सजाय हुनेछ । त्यस्तै एक किसिमको उपचार गर्नुपर्नेमा अर्कै उपचार गरी ज्यान गएमा पनि त्यही सजाय हुनेछ । कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जान्दाजान्दै त्यस्तो औषधि खुवाउनेलाई पनि यही दफाअनुसार सजाय हुने ऐनमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्