अन्तर्राष्ट्रिय

पाकिस्तानी दूतावासले मनायो ७१ औं स्वतन्त्रता दिवस

By थाहा अनलाइन

August 14, 2018

काठमाडौंः पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइयो।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देश बाचन गरेका थिए। समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका महासचिव अमजद हुसैन बी सियाललगायत कामको सिलसिलामा काठमाडौँमा रहेका पाकिस्तानी नागरिक तथा पाकिस्तानी दूतावासमा कार्यरत कर्मचारीका परिवारको उपस्थिति रहेको थियो।