नयाँ मुलुकी एेन -गाई मारे तीन वर्ष कैद



काठमाडौं : अबदेखि कसैले पनि गाई वा गोरु मार्न वा कुट्नसमेत नपाइने भएको छ। मुलुकी अपराध (संहिता) ऐनको परिच्छेद २७ मा पशुपंक्षीसम्बन्धी कसूरको व्यवस्था गरिएको छ।

‘जुनसुकै कारणले पनि त्यसरी मारे तीन वर्षसम्म कैदको व्यवस्था गरिएको हो। यसका साथै कसैले गाई वा गोरुलाई कुटी अंगभंग भएमा निजलाई ६ महिना कैद र अन्य चोट पुर्‍याएमा ५० हजार रुपैयाँसम्म जरिवाना गरिने ऐनमा उल्लेख छ।’

भदाै १ गतेदेखि लागू हुने एेनकाे दफा २८९ मा गाई, गोरु मार्न वा कुट्न नपाइने व्यवस्था गरिएको हो। ऐनमा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउन नपाइने भएको छ।

जुनसुकै कारणले पनि त्यसरी मारे तीन वर्षसम्म कैदको व्यवस्था गरिएको हो। यसका साथै कसैले गाई वा गोरुलाई कुटी अंगभंग भएमा निजलाई ६ महिना कैद र अन्य चोट पुर्‍याएमा ५० हजार रुपैयाँसम्म जरिवाना गरिने ऐनमा उल्लेख छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्