जथाभावी कर बढाइएको भन्दै सांसदद्वारा सरकारको ध्यानाकर्षण



सांसदहरूले स्थानीय तहमा जथाभावी कर लगाइएको भन्दै त्यसलाई पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरूले स्थानीय करलाई वैज्ञानिक आधारमा निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराए। त्यसैगरी सांसदहरूले आ-आफ्ना क्षेत्रका विषयगत समस्यामा पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

पार्वता देशी चौधरीले स्थानीय तहमा विविध विषयमा जथाभावी कर बढाउँदा सर्वसाधारण मर्कामा परेको भन्दै उनले चर्को कर असुली गर्दै सरकारले जनतालाई न्यूनतम सुविधा दिन नसकेको भन्दै वैज्ञानिक कर प्रणाली लागू गर्न सरकारको ध्यानाकर्षण गराए।

पूर्ण कुमारी सुवेदीले स्थानीय तहमा लगाइएको करबारे असन्तुष्टि बढेको भन्दै त्यसबारे पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद प्रकाश रसाईली स्नेहीले सर्वत्र सरकारले लगाएको करको विरोध भइरहेको भन्दै सरकारले करको बरदान पाएको रहेछ भनी व्यंग्य गरे।

उनले कुन/कुन विषयमा के/कति कर घटाइएको हो सदनलाई जानकारी गराउन माग गरे।

सांसद प्रमिला राईले मूल्यवृद्धिबाट आक्रान्त सर्वसाधारणबाट सामान्य विषयमा पनि कर असुली गर्न थालिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

सांसद दल बहादुर रानाले कानून नबन्दासम्म सम्बन्धित गाउँ, नगरपालिकालाई चुन ढुंगामा लगाइएको कर निकासीको रेकर्ड राख्ने व्यवस्था मिलाउन उद्योग मन्त्रालयको ध्यानाकर्षण गराए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्