तुलसीपुर कारागारका कैदीबन्दीलाई नयाँ भवनमा सारियो



तुलसीपुर ३१ असार ।

दिपक बोहरा,
तुलसीपुर कारागारका कैदी बन्दीहरुलाई शुक्रबार देखी नयाँ बन्दी गृहमा सारिएको छ । कारागारको नयाँ भवन निर्माण भएसंगै काराकारका एक सय एक जना कैदीबन्दीहरुलाई नयाँ भवनमा सारिएको हो । कारागार बिभागका निर्देशक गणेश प्रशाद भट्टराई, दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठलगायतको उपस्थितिमा नयाँ कारागार बन्दी गृह सञ्चालनमा ल्याईएको तुललसीपुर कारागारका जेलर देबेन्द्र श्रेष्ठले वताए ।
एक सय ९४ जना कैदी बन्दी बस्दै आएको कारागार तुलसीपुरका बाँकी ९३ कैदीबन्दीहरुलाई पुरानै बन्दी गृहमा राखिएको कारागारका जेलर देबेन्द्र श्रेष्ठले जानकारी दिए । ती मध्य २२ जना महिला र दुई जना बच्चा रहेको श्रेष्ठले बताए । नयाँ भवन २ सय जना कैदीबन्दी राख्न सक्ने क्षमता भएपनि सबै कोठामा पुर्बाधार निर्माण नभएकाले अहिले एक सय एक जना कैदीहरुलाई मात्रै नयाँ कारागारमा स्थानान्तरण गरिएकोे श्रेष्ठले बताए ।
आर्थिक बर्ष २०६८÷०६९ देखी निर्माणको काम शुरु भएको नयाँ भवन कारागारको मापदण्ड अनुसार रहेको श्रेष्ठले बताए । उनका अनुसार ४ करोड १२ लाख ६३ हजार ठेक्का सम्झौतामा कम्पाउण्डवाल, डिपबोरिङ्ग, बन्दी गृह निर्माण गरिएको छ ।

उक्त नयाँ भवन जिल्ला सुरक्षा समितिले बुझिलिई कैदीबन्दी स्थान्तरण गर्ने निर्णय गरे पछि पुराना बन्दी गृहका कैदीबन्दीलाई नयाँ कारागारमा स्थान्तरण गरिएको हो ।
नयाँ भवनमा ट्वाईलेट, एट्याच, वाथरुम, बिरामीका लागि छुटै कोठाको व्यबस्था, भान्छा, वर्कसपको सुबिधा रहेको जेलर श्रेष्ठले बताए । साथै नयाँ बन्दीगृहको सुरक्षाका लागि शसस्त्र प्रहरीको टोली तुलसीपुर आएको छ । भने केही दिनमा थप शसस्त्र प्रहरी पनि आउने जेलर श्रेष्ठले बताए । नयाँ बन्दीगृह सञ्चालनका अबसरमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले कारागारलाई यातना गृह नभई सुधार गृह बनाईने बताए ।

उनले कारागारमा कुनै पनी समस्या आउन नदिने समेत बताएका थिए ।
नयाँ बन्दी गृह सञ्चालन कार्यक्रमका अध्यक्ष तथा कारागार बिभागका निर्देशक गणेश प्रशाद भट्टराईले सबै कारागारमा नयाँ बन्दी गृह हुनुपर्ने बताएका थिए । ‘अहिले पनि धेरै कारागारहरुमा कैदीबन्दी घोडाको तबलामा बस्न बाध्य रहेका छन्’ उनले भने ‘ अब त्यसता पुरानो बन्दीगृहबाट नभई नयाँ तथा सुबिधा सम्पन्न बन्दी गृह निर्माण गर्नुपर्छ ।’ अब सधै पुराना बन्दीगृह नभई नयाँ बन्दी गृृहमा कैदीबन्दीलाई राख्नु पर्ने उनको भनाई थियो ।

साथै तुलसीपुरको नयाँ बन्दीगृहमा अझै पुर्बाधारको अभाब भएकाले छिटै पुर्बाधार निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाए । बिगतका समयमा क्षमता भन्दा बढि कैदी बन्दी राख्न बाध्य रहेको तुलसीपुर कारागारमा अब नयाँ बन्दी गृह निर्माण भएससंगै बन्दीहरुलाई पनि सहज हुने बताएका थिए ।

पुरानो भवनमा एक सय जनाको क्षमता भएको भएपनि अब नयाँ भबन निर्माण भएपछि क्षमता भन्दा बढि कैदी बन्दी एउटै कोठामा राख्नु पर्ने वाध्यता पनि अन्तय हुने निर्देशक भट्टराईले बताए । कारागार सञ्चालन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरज प्रताप सिंह, सशस्त्र प्रहरी उपरिक्षक महेन्द्र बिक्रम थापा, बिभागका लेखा उपसचिब बिष्णु प्रशाद निरौलालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर कारागारका जेलर देबेन्द्र श्रेष्ठले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्