हृदेयश त्रिपाठीले भने – आमाको नागरिकता दिँदा राज्यलाई कब्जियत किन हुन्छ?



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हृदयेश त्रिपाठीले आमाको नामबाट नागरिकता दिँदा  सरकारलाई किन कब्जियत हुन्छ भन्दै प्रश्न गरेका छन्।

मंगलबार नागरिकता विधेयकमाथि व्यवस्थापिका संसदमा भएको छलफलमा बोल्दै उनले यस्तो प्रश्न सोधेका हुन्।

‘संविधानमा आमा वा बावुको आधारमा नागरिकता दिने प्रावधान छ। आमाको आधारमा नागरिकता कुन साल कुन नक्षत्र कहिलेको ग्रह लागेदेखि हामी दिन्छौं?’ उनले सोधे, ‘र त्यसमा कब्जियत किन हुन्छ फेरि राज्यलाई। मैले त्यो कब्जियतको कारण बुझ्न सकेको छैन।’

समानताका गुड्डी हाँक्नेहरूलाई आमाको नामबाट नागरिकता दिँन किन गाह्रो भएको भन्ने उनको प्रश्न छ।

‘समानताका गुड्डी हाँक्नेहरूलाई आमाको नामबाट नागरिकता दिने कुरा गर्दा कब्जियतका सिकार हुन्छन्? मैले सरकारको दृष्टीकोण जान्न खोजेको हो,’ उनले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्