बन्द बेलुकी पाँच बजे देखि खुल्ने



घोराही २९ साउन।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्द बेलुकी पाँचबजे देखि खुल्ने भएको छ ।  बन्द वेलुकी देखि खुल्ने भएको जिल्ला जिल्ला इन्चार्ज बिक्रमले जानकारी दिनु भएको छ। बन्दका कारण बिहानै देखि लामो तथा छोटो दुरीका यातायातका साधन पूर्ण रुपमा बन्द रहेका छन । यसका साथै भालुवाङ, लमही, घोराही, तुलसीपुर पश्चिम दाङका बजारहरु समेत पुर्ण रुपमा बन्द छन ।

विप्लव नेतृत्वको नेकपाले पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा लगायत तीन जना नेता कार्यकर्तालाइ सरकारले पक्राउ गरेको बिरोधमा आज एक दिन नेपाल बन्द आबहन गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्