चिलायो बोलको तीज गित सार्वजनिक



चिलायो बोलको तीज गित सार्वजनिक हिन्दु नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको समय नजिकिदै गर्दा बजारमा तीजको माहोल चर्किएको छ ।

पछिल्लो समयमा तीज गीत रेकर्ड गर्नको लागि रकर्डिङ स्टुडियोमा मानिसहरुको घुइचो लागेको छ । तीजका गीतहरु बजारमा आइरहदा टिका तारामी मगर र सुनिल वि.सीले पनि चिलायो बोलको गीत सार्वजनिक गरेका छन । जुन गीतमा स्वर सुनिल वि.सी र टिका तारामी मगरको रहेको छ । शब्द र संगित सुनिल वि.सीको छ भने यस गीतमा पार्वती राई र प्रकाश सपूतले कम्मर मर्काएका छन ।

दुर्गा पौडेलको छायाङ्कन र प्रविन भट्टको संपादनमा निर्माण गरिएको तीज भिडियोमा मौसम हिमालीले निर्देशन गरेका छन । सो गीतको दृश्य निर्माण वि.पि फिल्मस नेपालले गरेको छ भने युट्युवमा TIKA TARAMI MAGAR खोजेर हेर्न सक्नुहुनेछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्