आर्थिक

दाङका बुढाथोकी युरोपमा सम्मानीत

By थाहा अनलाइन

August 14, 2018

दाङ, साउन २९ । दाङका व्यवसायी  खड्ग बुढाथोकी युरोपमा सम्मानित हुनुभएको छ । युरोपस्थित अजरवैजानको राजधानी बाकुमा भएको एक कार्यक्रममा नेपालका उत्कृष्ट व्यवसायीका रुपमा बुढाथोकी सम्मानित हुनुभएको हो । विश्व प्रसिद्ध कम्पनी जोनी वाकरले आयोजना गरेको सुपर एचिभ डिलर अफ ग्लोवल ट्रेडिङ कन्सर्न कार्यक्रममा दाङको घोराहीमा लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका बुढाथोकीलाई नेपालकै उत्कृष् बिक्रेताका रुपमा सम्मान गरिएको हो । श्रृङ्खला सप्लायर्स घोराहीका एमडी बुढाथोकीलाई कम्पनीको तर्फबाट आशिष अग्रवाल र पुरुषोत्तम गैरेले सम्मान गर्नुभएको थियो । जिल्लाका प्रतिष्ठित व्यवसायी बुढाथोकी जिल्लाका विभिन्न व्यवसायीक प्रतिष्ठानहरुसँग आवद्ध हुनुहुन्छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्षसमेत रहनुभएका व्यवसायी बुढाथोकीले आफूलाई व्यवसायमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । विश्वभरका व्यवसायीहरु सम्मिलित कार्यक्रममा आफू नेपालको उत्कृष्ट विक्रेताको रुपमा सम्मानित हुँदा अत्यन्तै खुसी भएको भन्दै व्यवसायी बुढाथोकीले भन्नुभयो, ‘विश्वभरका व्यवसायीहरुका बीचमा सम्मानित हुँदा धेरै खुसी भएको छु । मलाई यो अवस्थासम्म ल्याइपु¥याउने सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।’