कथाले मागेको हरेक कुरा दिनु पर्छ ,भन्ने आबश्यक ठान्दिन. नायिका थापा



काठमाण्डौ ३१ असार।
नेपाली सिनेक्षेत्रमा ग्लामरस नायिकाको ईमेजबाट प्रबेश गरेकी नायिका रेखा थापाले आफनो कुनै पनि चलचित्रमा किस सिन र इन्टिमेट सिनहरु मान्य नहुने बताएकीछिन् ।

आफु अनुबन्धित चलचित्रहरुमा यस्ता दृश्यहरु कथाले जति मागेपनि आफुले त्यस्ता दृश्यहरु नदिने बताएकीछिन् ।उनले कथाले मागेको भन्दै चर्चामा आउनको लागि किस र इन्टिमेट सिनहरु को प्रयोग अपाच्य हुने बताईन् । केहि समय अगाडीमात्र उनको नयाँ चलचित्र ‘रुद्रपिया’ को सुटिङमा पनि किस सिन र इन्टिमेटहरु दिन दबाब दिएपछि यस्ता दृश्य दिन नसक्ने भन्दै सुटिङ नै छोडेर गएकी थिईन् ।

रेखाले आफनो परिवार , दर्शक र नेपाली समाजलाई सम्झेर नै त्यस्ता दिन नसकेको बताईन् । रेखाले निर्माण गरेको र अभिनय गरेको चलचित्रहरुमा यस्ता दृश्यहरुले स्थान नपाउने र परिवारसंग बसेर हेर्न मिल्ने चलचित्रमात्र बनाउने उनको कथन छ ।

किस र इन्टिमेट सिनहरु कलात्मक हिसाबले पर्दामा देखाउन सकिन्छ तर भल्गर हिसाबले देखाईने दृश्यहरु आफुलाई अस्वीकार्य हुने उनले बताईन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्